माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
काठमाडौँ/नेकपा (माओवादी केन्द्र)लाई पदाधिकारीको टुंगो लगाउन सकस भएको छ । पदाधिकारीको नाम पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोजीमा लिएर हिँडेका छन् । यद्यपी उनले स्थायी कमिटीमा उक्त नाम प्रस्तुत गर्न सकेका छैनन् । महासचिवमा नै नौ जनाको दाबी परेपछि प्रचण्डलाई मिलाउन हम्मे–हम्मे परेको छ । त्यसकै कारण प्रचण्डले सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा पार्टीका नेताहरु पदमा मात्रै बढी केन्द्रित हुने गरेको गुनासो गर्दै आएका छन् ।
पदाधिकारीको टुंगो लगाउन शुक्रबार बसेको स्थायी कमिटी बैठक निश्कर्षविहिन टुंगिएको थियो । स्थायी कमिटी बैठक आज ९शनिबार० पनि बैठक बस्दै छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ ।
शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो । प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र आजको बैठकले यस विषयलाई टुंग्याउने विश्वास व्यक्त गरे ।