राष्ट्रपति भण्डारीद्धारा पाटनमा रहेको कृष्ण मन्दिरमा पूजा
ललितपुर/ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा, आराधना गर्नुभएको छ ।
आज शुक्रवार कृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरको दर्शन गर्नुभएको हो । आजको दिन ललितपुरको पाटनको मङ्गलबजारमा रहेको कृष्ण मन्दिरमा पूजा गर्नेको भिड लाग्छ ।
आज देशभर भगवान् श्रीकृष्णको पूजा, उपासना गरेर अष्टमी पर्व मनाइँदै छ । आजको दिन जाग्राम बसी श्रद्धा, भक्तिपूर्वक कृष्णको पूजा आराधना गर्ने गरिन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।