पहिरोको कारण अबरुद्ध नारायणगढ-मुग्लिन सडक सूचारु हुन समय लाग्ने

चितवन/नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोको कारण सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ स्थित केराबारी र १७ किलोमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । केराबारीमा लेदोसहितको पहिरो खसेको छ भने १७ किलोमा रुख समेत ढलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

राती ११ बजे खसेको पहिरो लगातार पानी परिरहेका कारण विहानबाट मात्रै पन्छाउन सुरु गरिएको छ । पहिरो पन्छाउन दुईवटा जेसिभि प्रयोग भएका छन् । ठूलो पहिरो खसेका कारण सडक सूचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ ।

यस्तै पहिरोमा सवारी साधन समेत परेको छ । केराबारीमा ना ६ ख ४५७२ नं. को १२ चक्के ट्रक, मोटरसाईकल १  वटा र म्याजिक गाडी १ वटा पहिरोमा परेको छ भने घरहरुमा समेत क्षति पुगेको सडक सुपरभाईजर रन्जिला क्षेत्रीले जानकारी दिए। यद्यपी मानवीय क्षति भने भएको छैन् ।

sahid diwas