अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु
पर्वत/अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार पर्वतको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकामा उपचारका क्रममा आजधवलागिरि अस्पतालमा मृत्यु भएको हो ।
परियार गए राति घर नजिककैको जङ्गलमा अरिङ्गाल पोल्न गएको र अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भीर घाइते भएका थिए ।