चितवनमा थप ५ जनामा कोरोना संक्रमण

चितवन/पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज चितवनका विभिन्न ठाउँमा ५७ जनाको पीसीआर परीक्षण गर्दा भरतपुरका पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या २८ जना रहेको छ । उनीहरु सबै घरमा आइसोलेसनमा रहेका छन् । उनीहरु मध्ये दुई जना कालिका नगरपालिका हुन् भने बाँकी २६ जना भरतपुरका हुन् ।