थप ३४७ जनामा कोरोनाको पुष्टि

काठमाण्डौ/नेपालमा थप ३४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८८८ को नमुना परीक्षण गरिएकोमा पिसिआर विधिबाट ३०३ र एन्टिजेन विधिमार्फत् ४४ मा कोरोनाको संक्रमण पुष्टि भएको हो । योसँगै कोनाको सक्रिय संक्रमित ३ हजार १७७ पुगेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ भने ९५ जना डिस्चार्ज भएका छन् ।