नारायणगढबाट काठमाडौंको जाने बस भाडा बढ्यो

काठमाण्डौं/नारायणगढदेखि काठमाडौंसम्म पुग्ने बस भाडा बढेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेसंगै नारायणगढ काठमाडौंको भाडा पनि बढेको हो । अब यात्रुले नारायणगढबाट काठमाडौं जादा ४५० भाडा तिनुपर्ने छ ।

यस्तै चितवनको रामपुरदेखि काठमाडौं सम्मको भाडा ४७८ रुपैयाँ कायम गरएको छ । नारायणगढदेखि धादिङ वेशीसम्मको भाडा ३११ रुपैयाँ तोकिएको छ । सो भाडादरमा यात्रुले १५ केजीसम्म निशुल्क र सो भन्दा बढी १० केजीसम्म प्रतिकेजी रु.५ का दरले भाडा भुक्तानी गर्नुपर्ने छ । प्रदेश मन्त्री घनश्याम दाहालले साउन ५ गतेदेखि लागू हुने गरी भाडा वृद्धिको निर्णय गरेको मन्त्रालयले जनाएको छ ।