पोखरीमा डुबेर स्याङ्जामा दुई जनाको मृत्यु
स्याङ्जा/सिँचाइ पोखरीमा डुबेर स्याङ्जा गल्याङमा दुई जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा गल्याङ नगरपालिका वडा नम्बर–६ बस्ने कामना गुरुङकी ४ वर्षीया छोरी सोफिया गुरुङ र उनलाई बचाउन गएकी ३३ वर्षीया वृन्दा गुरुङ रहेकी छन्।
पोखरीमा बालिका खसेको देखेपछि बचाउन गएकी वृन्दाको पनि डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभएको छ ।
सिँचाइ पोखरी एक लाख लिटर क्षमताको भएको प्रहरीले जनाएको छ ।