चितवनका ६ जनामा कोरोना संक्रमण पुष्टि
चितवन /देशभर कोरोना संक्रमित बढ्न थालेसँगै चितवनमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
हिजो मंगलबार एक जनामा देखिएको कोरोना संक्रमण आज बुधबार ६ जनामा देखिएको हो ।
भरतपुर महानगरपालिकामा ५ जना र कालिका नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांकले देखाएको छ ।