धादिङमा मात्रै ४९ जना डेंगुका बिरामी

धादिङ/गर्मी याम सुरु भएसँगै देशका विभिन्न भागमा डेंगुका बिरामी बढ्न थालेका छन् । धादिङ जिल्लामा मात्रै डेंगुका ४९ जना बिरामीको पहिचान भएको छ । यस्तै, काभ्रे जिल्लामा पनि डेंगु रोगको सङ्क्रमण पाइएको छ ।

काठमाडौँ उपत्यकामा भने छिटपुट रूपमा डेंगुका बिरामी देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । नेपालमा चार सय प्रकारका लामखुट्टे छन् । जसमध्ये ४ थरीले औलो रोग सार्ने गर्छन् । औलो रोग एनोफिजिल जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोकथामको उपाय भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. किजन महर्जन बताउँछन् ।

नेपालमा विशेष गरी औलोका दुई परजीवी प्लाज्मोडियम फ्लासिपारम र प्लाज्मोडियम भाइभेक्स जातको पाइने गरेको छ । इडीसीडीका अनुसार यी दुईमध्ये प्लाज्मोडियम गराउने औलो रोग बढी जटिल र जोखिमयुक्त हुन्छ । यस्तो औलोका बिरामी १५–२० प्रतिशत हाराहारी छन् ।