ग्राफिक मार्ग प्रा. लि.को ओ.आर.बी. कार्यक्रम सम्पन्न
भरतपुर । भरतपुर ११ बाईपास रोडमा रहेको ग्राफिक मार्ग प्रा. लि.ले व्यवसाय बृद्धिको लागि हाम्रो जिम्मेवारी (Our Responsibility For Business Growth) (ORB) शिर्षकमा आयोजित कार्यक्रम शनिबार सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्दि गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । ग्राफिक मार्ग प्रा. लि.का प्रबन्ध निर्देशक जनक खड्काले कार्यक्रममा बोल्दै युवाहरु विदेशिएर आफ्नो श्रम अर्काको देशमा बेच्नु भन्दा नेपालमै केही गर्नुपर्छ भन्ने आँट र हिम्मत लिएर संस्था स्थापना गरेको बताउनु भएको थियो । उहाँले भोक, प्यास, निद्रा, दिन, रात नभनी सानो बामे सर्दै गरेको अवस्थाको संस्थालाई हुर्काएर आज यस्तो खालको कार्यक्रम गर्न सक्ने हैसियतमा पुगेको स्मरण गर्नुभयो । बजारमा संस्थाको छुट्टै पहिचान रहेको जनाउदै खड्काले संस्थामा कार्यरत कर्मचारीको उल्लेखनिय योगदान रहेको बताउनु भएको थियो । उहाँले कर्मचारीको कार्य क्षमताको आधारमा पदोन्नती, पुर्ननियुक्ती तथा नयाँ कर्मचारीहरुलाई नियुक्ति पत्र उपलब्ध गराउनु भएको थियो । खड्काले कर, भ्याट, र कम्पनी दर्ता प्रकृयाको बारेमा र नेपाल सरकारको आ.व. २०७९/०८० को बजेट वक्तब्यमार्फत करको दायरामा भएको परिवर्तनको बारेमा प्रशिक्षण समेत दिनुभएको थियो ।
उक्त कार्यक्रममा प्रशिक्षिका मिना झाँले व्यवसाय बृद्धिको लागि हाम्रो जिम्मेवारी शिर्षकमा प्रशिक्षण दिनु भएको थियो । उहाले कुनेै पनि क्षेत्रमा सफलता प्राप्त गर्नकोलागि धैर्यता, आत्मविश्वास, र योजना सहित अगाडि बढ्नु पर्ने बताउनु भएको थियो । प्रशिक्षिका झाले व्यवसायमा कुनै समस्या आयो भने टेबल टकको माध्यमबाट समाधान गर्नुपर्ने र आफू आवद्ध रहेको ब्यवसाय सफल बनाउनको लागि टिमवर्कमा काम गर्नुपर्ने कुरामा समेत जोड दिनु भएको थियो ।
त्यसैगरी कम्पनीका सञ्चालक इन्द्र पौडेलले व्यवसाय बृद्धिको लागि स्किल डेभलपमेन्टको आवश्यकता रहेको र आफुसँग सिप भयो भने, जुनसुकै क्षेत्रमा अवसर पाउने बताउदै संस्थामा आबद्ध कर्मचारीहरुलाई स्किल डेभलपमेन्टमा लाग्न आग्रह गर्नुभयो । सञ्चालक पौडेलले सकारात्मक सोच बिषयमा प्रशिक्षण समेत दिनु भएको थियो ।
कम्पनीका व्यवस्थापक लक्ष्मी पोख्रेलले आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्य पेश गर्दै संस्थामा कार्यरत कर्मचारीहरुलाई कामको लक्ष्य तथा जिम्मेवारी प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रम मार्फत २ जना कर्मचारीहरुलाई पद बढुवाको घोषणा गरी थप जिम्मेवारी हस्तान्तरण गर्नुका साथै पदोन्नती भएका कर्मचारीहरुलाई सम्मान गरी प्रशंसा पत्र सहितको मायाको चिनो समेत प्रदान गरिएको थियो । करिब १ वर्षे कार्यकालमा गरेको कामको मुल्याङ्कन, कार्यसम्पादन, जिम्मेवारीतावहन र क्षमताको आधारमा गोमा अर्याललाई सहायक ब्यवस्थापकमा र रेमन खरेललाई कम्पनीको प्रवक्ता पदमा पदोन्नतीको घोषणा गरिएको थिायो ।
कम्पनीका प्रबन्ध निर्देशक जनक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मोटिभेषणल स्पिकर, शिक्षिका तथा टे«नर मिना झाँ प्रमुख अतिथि रहनुभएको थियो भने व्यवस्थापक लक्ष्मी पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई कम्पनीका प्रवक्ता रेमन खरेलले सञ्चालन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा कम्पनीको मुख्य कार्यालय चितवनमा कार्यरत रहेका सम्पूर्ण कर्मचारीहरु तथा सम्पर्क कार्यालय दाङ, र पोखरामा कार्यरत रहेका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । उक्त कार्यक्रम मालपोत चोकमा अवस्थित कर्मा रेष्टुरेण्टको सेमिनार हलमा भएको थियो । उतm संस्थामा कार्यरत कर्मचारीहरुले व्यवसाय बृद्धिको लागि सबै कर्मचारीहरु एकजुट भएर लाग्नुपर्ने आसय राखेका थिए । कम्पनी दर्ता देखि खारेजी सम्मका सम्पूर्ण कामहरु गर्नको लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यलय त्रिपुरेश्वर काठमाडौंबाट अनुमती (License) प्राप्त आधिकारीक सेवा केन्द्र समेत रहेको ग्राफिक मार्ग प्रा. लि.ले कम्पनी दर्ता सहजीकरण, कम्पनीहरु नविकरण तथा अध्यावधिक, शेयर खरिद बिक्री, पुँजी बृद्धि, नामसारी तथा ठाउँसारी लगायतका कामहरु गर्दै आएको छ । कम्पनीले कर, भ्याट, र लेखा सम्बन्धि सम्पूर्ण कामहरु गर्नुका साथैे ग्राफिक डिजाईन तथा छपाई सम्बन्धि सेवा समेत उपलब्ध गराउदै आएको छ ।