आज चितवनमा यसबर्षकै सबैभन्दा धेरै गर्मी

चितवन/आज (शुक्रबार) चितवनमा यसबर्षकै सबैभन्दा धेरै गर्मी भएको छ । आजको तापक्रम यसबर्षकै सबैभन्दा धेरै ३८ डिग्री सेल्सियस पुगेको भरतपुर नागरिक उड्यान कार्यालयले जानकारी दिएको छ । चितवनमा केही दिनदेखि गर्मी बढ्दै गएको छ ।

बुधबार चितवनको तापक्रम ३७ डिग्री सेल्सियस रेहेको थियो ।
चितवनमा अधिकतम ४० डिग्री सेल्सियस सम्म तापक्रम पुग्ने गरेको छ । दिन प्रतिदिन गर्मी बढ्न थालेपछि चितवनको जनजीवन प्रभावित बन्न थालेको छ । तापक्रम बढ्दै गएपछि दिउँसोको समयमा मानिसहरु हिडडुल समेत समस्या भएको छ। मध्य तराईमा पर्ने चितवनमा निकै गर्मी हुने गरेको छ ।पटक पटक विद्युत अवरुद्ध हुँदा घरभित्र बस्न पनि कठिनाई भइरहेको स्थानीयले बताएका छन् ।