गोरुको मासु र खुट्टा लिएर चितवन आउँदै गरेका तीन जना पक्राउ

चितवन प्रहरीले गोरुको मासु र खुट्टा लिएर चितवन आउँदै गरेका तीनलाई जना पक्राउ गरेको छ । आज बिहीबार दिउँसो ३ः३० बजेको समयमा प्रहरी चौकी जुगेडी चितवनबाट खटिएको प्रहरी टोलीले चितवनको नारायणगढतर्फ आउँदै गरेको ना २ ह ३९६९ नम्बरको अटोलाई रोकी चेकजाँच गर्नेक्रममा गोरुको मासु र खुट्टासहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार अटोमा प्लास्टिकको बोरामा लुकाइछिपाइ ल्याएको गोरु/गाईको जस्तो देखिने मासु र खुट्टासहित अटोका चालक धादिङ रुवीभ्याली गाउँपालिका वडा नं ५ का २८ वर्षीय शंकर तामाङ, अटोमा सवार भरतपुर महानगरपालिका वडा नं१० निवासी ४५ वर्षीय प्रतिक ठकुरी र कास्कीको पोखरा महानगरपालिका वडा नं ११ का ३५ वर्षीय होम घिमिरेलाई उक्त मासु र अटो सहित नियन्त्रणमा लिएको हो ।