महँगी र कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी

काठमाण्डौं/वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी बढाउन थालेको जनाएको छ । उत्पादक र ठूला आयातकर्ताले निर्धारण गर्ने मनलाग्दी मूल्यमा अनुगमन गरेर नियन्त्रण गर्न सकियो भने तल्लो तहमा धेरै हदसम्म बजारको हालको बेथिति अन्त्य हुने सोचका साथ स्रोतमै निगरानी बढाउन थालिएको विभागले जनाएको हो ।

“यसअघि हुँदै आएको अनुुगमनलाई निरन्तरता दिँदै आएका छौँ, अबको मुुख्य अनुुगमन मुुहान सफाइमा केन्द्रित गर्ने तयारी गरेका छौँ । मुहानमा धेरै बेथिति रहेकाले यसको पूरै सफा गर्न समय लाग्छ तर सुुरुआत गरेका छौँ,” विभागका महानिर्देशक लीलाप्रसाद शर्माले भने । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।