कोरोना महामारी नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणमा सरकारले २ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।
महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७७/७८ सम्म दुई आर्थिक वर्षमा यो रकम खर्च गरेको हो । यो रकम संघीय सरकारदेखि स्थानीय तहबाट समेत भएको खर्चको एकमुष्ट हिसाव हो ।
निजामती प्रशासन, सुरक्षा निकाय र अन्य निकायबाट यस्तो खर्च भएको महालेखाले जनाएको छ । स्वास्थ्य सामग्री, औषधि उपकरण, संक्रमित व्यक्तिको व्यवस्थापन, क्वारेन्टिन तथा आइसोलेसन केन्द्र निर्माण, राहत सामग्री, जोखिम भत्ता लगायतमा सो रकम खर्च भएको पाइएको छ ।