प्रतिनिधि सभाले पारित गर्‍यो यौन हिंसासम्बन्धी विधेयक

काठमाण्डौ/आज सोमवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९’ पारित गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला० ले राष्ट्रिय सभाको सन्देशसहितको विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भयो ।

यो विधेयकमाथि बैठकमा छलफल भइ उठेका प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफ दिएपछि विधेयक पारित गरिएको थियो ।