अजिङ्गरले जिउँदै खायो बाख्रा

उदयपुर/उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरस्थित सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ ।

अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ ।