इच्छाकामना गाउँपालिकाले कर्मचारी कटौती गर्ने
कुरिन्टार/इच्छाकामना गाउँपालिकाले अनावश्यक कर्मचारी कटौती गर्ने भएको छ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले अघिल्लो पटक निर्वाचित भएका जनप्रतिनिधिले करारमा नियुक्ती दिएका १० जना कर्मचारीहरुलाई यसपटक नविकरण नगर्ने भएको हो । गाउँपालिकाका प्रवक्ता नर बहादुर नेपालका अनुसार बुधबार बसेको गाउँसभा बैठकले करारमा नियुक्त भएका १० जना कर्मचारीहरुको नविकरण नगर्ने निर्णय भएको हो ।
निश्चित समयका लागि सञ्चालन गरिएका कार्यक्रमहरुका लागि करारमा नियक्ति दिएका कर्मचारीहरुलाई कार्यसम्पादनको आधारमा हटाउन लागिएको उहाँले बताउनुभयो । निश्चित समयका लागि सञ्चालन गरिएका कार्यक्रमहरुको अवधि सकिएपछि कर्मचारी राखेर राज्यको ढुकुटी सक्नुभन्दा पालिकाको विकास निर्माणमा खर्चिने उद्देश्यले यस्तो निर्णय भएको उहाँको भनाई छ ।