नारायणगढबाट गाेरखा भच्चेक जाँदै गरेकाे बस दुर्घटना, २० यात्रु घाईते

गोरखा, २२ असार । गोरखाको सिरानचोक गाउँपालिका ४—राम्चेमा यात्रुबाहक बस दुर्घटना भएको छ । बुधवार दिउँसो नारायणगढबाट अजिरकोट गाउँपालिकाको भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको यात्रुबाहक बस राम्चेमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी २० जना घाईते भएका छन् । घाइते मध्ये पाँच जनाको चितवन र १५ जनाको गोरखा नगरपालिका १० छेपेटार स्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिनुभयो । दुर्घटनाको कारण भने खुल्न नसकेको उहाँले बताउनु भयो ।
गुडिरहेको बस सडकमा पल्टिँदा सबै यात्रु घाईते भएका हुन् ।