गैँडाको खाग ओसारपसारमा संलग्न एक जना पक्राउ

चितवन/गैँडाको शिकार गरी खागको खरिदबिक्री तथा ओसारपसारमा संलग्न एक जना पक्राउ परेका छन ।

चितवनको कालिका नगरपालिका वडा नं। ११ साबिक सिद्दी गा.वि.स. वडा नं. ३, सैपाङ बासघारी घर भई हाल जिल्ला तनहुँ व्यास गाउँपालिका वडा नं. ११, मुलपानी बस्ने ५२ वर्षीय सागर प्रजा भनेर चिनिने विन्दर सिंह प्रजालाई प्रहरीले मकवानपुरको हेटौँडाबाट पक्राउ गरेको हो ।

उनी संरक्षित वन्यजन्तु गैँडा शिकार गरी त्यसको खाग राख्ने, खरिद/बिक्री तथा ओसारपसार गरेको मुद्दा लगायत अन्य मुद्दामा समेत प्रतिवादी भई फरार रहेका थिए ।

sahid diwas