बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौं/तारेकेश्वरबाट प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मन्थली नगरपालिका १३ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका(१ बस्ने ३२ वर्षीय रामचन्द्र थापा मगर रहेका छन् ।
उच्च अदालत पाटनले २०७६ साल माघ १९ गते मगरलाई ४८ लाख ९५ हजार जरिवाना र १ लाख ९६ हजार क्षतिपूर्ति शुल्क भराउने फैसला गरेको थियो ।
साथै २०७८ साल कात्तिक २८ गते १० लाख जरिवाना , ३ दिन कैद र ४ लाख ७० हजार जरिवाना, ३ दिन कैद र १८ हजार ८ सय क्षतिपूर्ति शुल्क भराउने फैसलामा जम्मा रु ६३ लाख ६५ हजार ५ सय जरिवाना र ६ दिन कैद र २ लाख ५४ हजार ८ सय रुपैयाँ क्षतिपूर्ति ठहर भएकोमा उनले जरिवाना, कैद र क्षतिपूर्तिसमेत नतिरी फरार भएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार प्रहरीले काठमाडौंको तारकेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको हो ।