उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजा पुष्टि
काठमाडौं/हालसम्म उपत्यकामा १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ । अहिलेसम्म १२ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए ।
पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी छ । निर्देशक डा। दासका अनुसार अनुसार, बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन र नैकपमा हैजा देखिएको छ ।