नास्टका वैज्ञानिकसहितको विज्ञ टोली आज सिसडोल जाँदै

काठमाडौं/विज्ञहरुको टोली आज नुवाकोटको सिसडोल जाँदैछ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० का वैज्ञानिक डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाईं जोशी, काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राई, मेयर बालेन साहको सचिवालयमा रहेका फोहोर व्यवस्थापन विज्ञ इ. सुनिल लम्साल, अमृता पौडेलसहितको टोली आज मध्याह्न काठमाडौंको फोहोर बिसर्जनस्थल नुवाकोटको सिसडोलबाट दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा परेको असरबारे अध्ययन गर्न जान लागेको हो ।

विज्ञसहितको टोलीले सिसडोलबाट निस्किएको लिच्चड, पानीको स्रोत र ग्याँसको परीक्षणका लागि नमूना संकलन गर्नुका साथै फोहोरको दुर्गन्ध हटाउने उपायबारे अध्ययन गर्ने टोलीका एक जना सदस्य सुनिल लम्सालले जानकारी दिए ।

यसअघि मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले सिसडोल क्षेत्रको भ्रमण गरी एक हप्ताभित्र दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए ।

sahid diwas