ज्ञानदर्शन नमुना निर्बाचन :स्कुल कप्तानमा सुमिना र रियाबिच कडा प्रतिस्पर्धा ,उपकप्तानमा सलिनाको अग्रता।
चितवन/विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिने हेतुले भरतपुरको ज्ञानदर्शन आवसिय माध्यमिक बिद्यालयले मंगलवार नमुना निर्बाचन गरेको छ ।सम्भवतःचितवन जिल्लामा पहिलो पटक यस्तो खालको कार्यक्रम गरिएको हो। बिद्यार्थिलाइ निर्बाचनको बारेमा ब्यबहारिक ज्ञान दिने उदेश्यले नमुना निर्बाचन गरिएको मतदान अधिकृत सन्जोक मकाजुले बताए। उनका अनुसार विद्यार्थीलाई निर्बाचनको प्रकियाबारे बुझाउन नमुना निर्बाचन कोसेढुङ्गा साबित भएको छ।
ज्ञान्दर्शनको नमुना निर्बाचनले अस्ति भर्खर सम्पन्न स्थानिय निर्बाचनको झल्को दिएको मकाजुले दाबी गरे।”निर्बाचन सोचे भन्दा राम्रो भयो,विद्यार्थी उत्साहित हुँदै मतदान गरे ,टन्टलापुरे घामको प्रवाह नगरी अनुशासित ढंग बाट मतदान गरे ,त्यो नै हाम्रो कार्यक्रमको सफलता हो।”मकाजुले मतदान पश्चात् हामिसङ खुशी साटदै भने।
नमुना निर्बाचनले बिद्यार्थिमा नेतृत्व कलाको बिकास भएकोमा आफू खुशी रहेको प्राचार्य मनिस घिमिरेले बताए।मतदान सौहार्दपुर्ण तबरले भएको र अब गणना पनि शान्तिपुर्ण तरिकाले हुनुपर्नेमा प्राचार्य घिमिरेले जोड दिए।
यता निर्बाचन सकिएलगतै मतगणना शुरु भएको छ।बिद्यार्थिले बिश्वास गरेर पठाएका शिक्षक प्रतिनिधिद्वारा मत गन्न शुरु गरिएको हो।मत गन्न शुरु भएसङै सुरुवाती १०० मत गनिसकिएको गणक सुरज पौडेलले बताए।पौडेलका अनुसार स्कुल कप्तानमा सुमिना ओझा र रिया भटको कडा प्रतिस्पर्धा देखिएको हो।कसले बाजि मार्छ ,सहजै अनुमान लगाउन गाह्रो छ,पौडेलले भने। मतदाता शिक्षा दिएकै कारण बदर मतको संख्या भने न्यून रहेको पौडेलको भनाइ छ।
प्रारम्भिक मतपरिणाम अनुसार सुमिना केही झिनो मतान्तरले अगाडि रहेकी छिन।उनलाइ उनकी निकटतम प्रतिस्पर्धि रियाले पछ्याइरहेकी छ्न। यस्तै स्कुल उपकप्तानमा भने सलिना मगरको अग्रता कायम रहेको छ । निकटतम प्रतिस्पर्धीलाई धेरै मतान्तरले पछि पार्दै सलिना अगाडि देखिन्छिन।
अन्तिम मतपरिणाम भोलि बिद्यालय खुल्ने समय सम्म आइपुग्ने एक गणकले बताए।
बिद्यालयको माध्यमिक तहमा रहेका करिब दुइसय विद्यार्थीहरुले विभिन्न ९ पदमा प्रतिनिधि चुन्दै छ्न भने उल्लेखित पदहरुमा ५४ जनाको उम्मेदवारी परेको छ। निर्बाचनले बिद्यालयमा रहेका चार वटा हाउसहरु ब्लु हाउस,येल्लो हाउस,रेड हाउस र ग्रीन हाउसका लागि कप्तान र उपकप्तान पनि चुन्दै छ भने बिद्यालयलाइ नै बिद्यार्थिले नेतृत्व गर्ने स्कुल कप्तान र उपकप्तान चुन्दै छ। यस्तै बिद्यालयमा संचालित जुनिएर रेडक्रसको सभापती,उपसभापती,सचिव ,कोसाध्यक्ष र सल्लाहकारको पनि मतगणना जारी छ।भर्खर मत गन्न शुरु भएकाले रेडक्रसका उम्मेदवारको मतपरिणाम सार्बजनिक भएको छैन।