कारगारमा मृत भटिएका सुन्दरकाे बारेमा छानविन गर्न गृहमन्त्री द्वारा छानविन समिति गठन
काठमाडौँ । अर्को व्यक्तिकाे नामबाट कैद भुक्तान गरेकाे भनिएका सुन्दर हरिजनको रोल्पा कारागार कार्यालयमा जेठ ४ गते भएकाे मृत्युका बारेमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेका छन् ।
गृहमन्त्री खाणले मंगलबार मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।
समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य छन् ।
यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको मन्त्रालयका सूचना अधिकारी भट्टराईले जानकारी दिए ।
कारगारभित्रै हरिजनको शंकास्पद मृत्यु भएपछि उनी सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा रहेको खुलेको थियो ।
यसैबिच वैज्ञानिक समाजवादी पार्टी निकट जात उन्मुलन माेर्चाकाे अगुवाईमा हरिजनकाे मृत्युकाे छानविन गर्न उच्च स्तरिय समिति बनाउन दवाव दिंदै चितवनमा आज एक कार्यक्रम भएकाे छ । हरिजनकाे आत्महत्या नभई हत्यानै भएकाे दावी गर्दै छानविन समिति बनाउन दवााव दिईएकाे हाे । माेर्चाले कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वको टाेलीले बुझाएकाे प्रतिवेदन सहि नभएकाे भन्दै उच्च स्तरिय छानविन समिति बनाउन दवाव दिएकाे हाे ।