भरतपुरमा रेनुले मतान्तर फराकिलो बनाउँदै
चितवन/सर्वत्र चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले आफ्नो मतान्तर फराकिलो बनाउँदै लैजानु भएको छ । १९ हजार ४८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ५६६ मत पाउँनु भएको छ ।
नेकपा एमालेका विजय सुवेदीले ६ हजार ३६९ मत पाउँनु छ। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १९९ मत प्राप्त गर्नु भएको छ । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ९७८ मत पाएर अग्रता कायम राख्नु भएको छ। राप्रपाकी हिमला गुरुङले ५ हजार २२९ मत प्राप्त गर्नु भएको छ।