विजय उत्सवको गाडीमा करेन्ट लाग्दा दुई जनाको ज्यान गयो, १० जना बढी घाइते

सल्यान/विजयी उत्सव मनाउन लागि आउँदै गरेको गाडीमा करेन्ट लाग्दा सल्यानमा २ जनाको ज्यान गएको छ भने १० जना बढी घाइते भएका छन् ।

जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो ।

गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरू विजुलीको तारमा ठोक्किएर करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण आएको छैन् ।

घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ । मृतकको पहिचान भएको छैन ।