गोरखाको गण्डकी गाउँपालिका–४ मा १ मतान्तरले नेकपा एमाले विजयी भएपछि स्थित तनावमय

गोरखा/गोरखाको गण्डकी गाउँपालिका– ४ मा १ मतान्तरले नेकपा एमाले वडाध्यक्षमा विजयी भएपछि स्थित तनावमय भएको छ । एमालेका राजुबाबु भण्डारीले १ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर गुरुङलाई १ मतान्तरले पराजित गरेका छन् ।

भण्डारीले ४१० मत प्राप्त गरे भने गुरुङले ४०९ मत प्राप्त गरेका छन् । कांग्रेसले पुनस्मतगणनाको माग गर्दै मतपरिणाम सार्वजनिक गर्न दिएको छैन् ।
यस्तै, ३ वडा सदस्य एमालेले र १ सदस्य नेपाली कांग्रेसले जितेको छ । वडाको दुई वटा बुथमा गरेर १२९३ मत खसेको थियो ।
निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सार्वजनिक गर्न तयारी गर्दागर्दै कांग्रेसले पुनस् मतगणनाको माग गरेको छ । अहिले सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।