नारायणकाजीकाे गृहपालिकामा फराकिलाे मतान्तर सहित कांग्रेसकाे अग्रता कायमै

यस पटक पनि कांग्रेसकै पाेल्टामा नेतृत्व जाने आशंका

गाेरखा- नेकपा माओवादी केन्द्रका बरिष्ट नेता नारायणकाजी श्रेष्ठको गृहपालिका सिरानचोक गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र गुरूङले मतन्तार बढाएका छन् । उनल माओवादी केन्द्रका उम्मेदवार नबराज पूडासैनीसंगको मतान्तार बढाएका हुन् ।

कांग्रेसका गुरूङले २ हजार १८१ मत ल्याउदाँ माओवादीका पूडासैनीले १ हजार ९५ ल्याएका छन् । प्राप्त मत परिणाम अनुसार गुरूङ र पूडासैनीकाे मतान्तर १ हजार ८६ छ । वडा न १ र २ काे मतगणना सकिएकाे छ भने वडा न ३ काे मतगणना १ हजार ५०१ गणना हुदाँसम्मकाे मत परिणाम हाे ।

उपाध्यक्षमा कांग्रेसकी रीता देवकाेटाले अग्रता लिएकी छिन् । देवकाेटाले १ हजार ८८३ मतका साथ अग्रता लिएकी हुन् । उनकाे निकटतम प्रतिस्पर्धी  माओवादी केन्द्रकी पूर्ण कुमारी ढकालले १ हजार ११४ मतका साथ पछ्याउदैं छिन् ।

सिरानचाेकमा ८ वटा वडा छन् । वडा न १ र २ मा कांग्रेसले प्यानलनै जितेकाे छ । वडा न १ मा कांग्रेसकी मनिता गुरूङ र वडा न २ मा कांग्रेस वडा अध्यक्षका उम्मेदवार खुसीमान गुरुङ बिजयी भएका छन् । उनले ८०१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार दनबहादुर गुरुङले ४५० मत ल्याएका थिए ।

कुल २१ हजार ३१८ मतदाता रहेकाे सिरानचाेकमा करिब ७० प्रतिशत मत खसेकाे थियाे । जिल्लाकाे अन्य पालिकाकाे तुलनामा सिरानचाेककाे मतगणना सुस्त तरिकाले भएकाे छ ।

२०७४ साफकाे निर्वाचनमा कांग्रेस अध्यक्ष र उपाध्यक्ष जितेकाे थियाे ।