भरतपुर महानगरमा विजय सुवेदी ४ मतले अगाडी

चितवन/सर्वत्र चर्चामा रहेको भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदी सत्तारुढ गठबन्धनकी रेनु दाहालभन्दा ४ मतले अगाडी आएका छन्। कडा प्रतिस्पर्धा भइरहेको सो पदमा विजय सुवेदीले ३ हजार ६३३ मत हासिल गर्दा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ६२९ मत पाएकी छन् ।
प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३९७ मत पाएका छन् । यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले चार हजार ११३ मतसहित फराकिलो अग्रता बनाएका छन् । राप्रपाकी हिमला गुरुङले २ हजार ८६१ मत पाएकी छन् ।