भरतपुरमा दाहाल र सुवेदीको तीव्र प्रतिस्पर्धा, फेरि दाहाल अगाडी
भरतपुर/चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र नेकपा एमालेका उम्मेदावार विजय सुवेदीबिच कडा प्रतिस्पर्धा चलिरहेको छ । भरतपुरमा१० हजार २०६ मत गन्दा गठबन्धनकी उम्मेदवार दाहालले ३ हजार ५७८ मतसहित अग्रता लिएकी छन् । यस्तै नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार एमालेका विजय सुवेदीले ३ हजार ५७५ मत पाएका छन् ।
९३७० मत भन्दा १८ मतले अगाडि रहेका सुवेदी १० हजार २०६ गन्दा ३ मतले पछाडि परेका हुन् । यस्तै गठबन्धनको बागी उम्मेदवार जगन्नाथ पौडेलले १३६० मत पाएका छन् ।
उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४०४३ मत पाएका छन् भने एमाले राप्रपाबाट राप्रपाकी उम्मेदवार हिमलाले २८१६ मत पाएकी छिन् ।