भरतपुरमा मतगणना अबरुद्ध ! एमालेद्वारा बदर मत सदरको माग ।
देशकै बहुचर्चित चितवनकाे भरतपुर महानगरमा मतगणनाका क्रममा ५ दलिय गठवन्धन र एमाले राप्रपा गठवन्धनका बिच विवाद भएपछि एमालेका प्रतिनिधि गणनास्थलबाट हिँडेका छन् । कस्ताे मतलाई सदर र कस्ताेलाई बदर गर्ने भन्ने विषयमा विवाद चर्केपछि एमाले प्रतिनिधिले मतगणना नै बहिष्कार गरेका हुन् ।
हिजाे मतगणना सुरु गर्नुपूर्व सामान्य त्रुटि भएका मतलाई सदर मान्ने सहमति भएकाे थियाे । तर, आज एमालेकाे चुनाव चिह्नमा परेकाे मतमा सामान्य त्रुटि देखिए पनि बदर गर्न दबाब दिएकाे भन्दै आफूहरूले मतगणना बहिष्कार गरेकाे एमालेका मतगणना प्रतिनिधि आश्विन घिमिरेले बताए। घिमिरेले पत्रकारहरुसङ्ग कुरा गर्दै निर्वाचन अधिकृत लगाएतका कर्मचारीले मिलेमतोमा एमालेलाई हराउन मत बदर गरेको भन्दै बिरोध जनाए । अहिले विवाद समाधानका लागि सर्वदलीय बैठक बसिरहेकाे छ । तर समाधान भएको छैन।