निर्विरोधसहित २२ पालिकाको नतिजा सार्वजनिक
एमाले ९, कांग्रेस ८ माओवादी ३ र एकीकृत समाजवादी २ पालिकामा विजयी
काठमाण्डौ/हालसम्म निर्विरोध भएकासहित २२ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
अहिलेसम्म अध्यक्षमा एमाले ९, कांग्रेस ८ तथा नेकपा माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित हासिल गरेका छन् ।
जसअनुसार नेकपा एमाले सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका, मनाङको ङिस्याङ गाउँपालिका, मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मनाङको चामे गाउँपालिका, वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ, लोमन्थाङ गाउँपालिका मुस्ताङ, डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका र बझाङको साइपाल गाउँपालिकामा जित हासिल गरेको छ ।
त्यस्तै नेपाली कांग्रेस गुल्मीको गुल्मीदरबार गाउँपालिकाm डडेलुधराको गन्यापधुरा गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, मनाङको नार्पाभूमि गाउँपालिका, गुल्मीको रेसुङ्गा नगरपालिका, मनाङको नासो गाउँपालिका, गुल्मीको गुल्मीदरबार गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका
र डोटीको बडीकेदार गाउँपालिकामा जित हासिल गरेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले दैलेखको नौमुले गाउँपालिका
र डोल्पाको जगदुल्लाह गाउँपालिका तथा नेकपा (एकीकृत समाजवादी) ले डोल्पाको काइके गाउँपालिका (निर्विरोध), डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध) र बाग्लुङको ताराखोला गाउँपालिकामा जित हासिल गरेको छ ।