पालिका चुनावः अहिलेसम्म २० पालिकाको नतिजा सार्वजनिक
काठमाण्डौ/निर्विरोध भएकासहित अहिलेसम्म २० पालिकाको नतिजा सार्वजनिक भएको छ ।
नतिजा अनुसार अध्यक्षमा एमाले ८ र कांग्रेस ८ पालिकामा जि हासिल गरेको छ । त्यस्तै एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले २र२ पालिकामा जित हासिल गरेका छन् ।
नेकपा एमाले सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका, मनाङको ङिस्याङ गाउँपालिका, मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मनाङको चामे गाउँपालिका, वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ, लोमन्थाङ गाउँपालिका मुस्ताङ, डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) र बझाङको साइपाल गाउँपालिकामा जित हासिल गरेको छ ।
त्यस्तै नेपाली कांग्रेस गुल्मीको गुल्मीदरबार गाउँपालिकाm डडेलुधराको गन्यापधुरा गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, मनाङको नार्पाभूमि गाउँपालिका, गुल्मीको रेसुङ्गा नगरपालिका, मनाङको नासो गाउँपालिका, गुल्मीको गुल्मीदरबार गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका
र डोटीको बडीकेदार गाउँपालिकामा जित हासिल गरेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले दैलेखको नौमुले गाउँपालिका
र डोल्पाको जगदुल्लाह गाउँपालिका तथा नेकपा (एकीकृत समाजवादी) ले डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
र डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध) मा जित हासिल गरेको छ ।