प्रहरीले चलाएको गोली लागेर गोरखामा एक जना घाइते
गोरखा/प्रहरीले चलाएको गोली लागेर गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा एक जना घाइते भएका छन् ।
काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएको प्रहरीले जनाएको छ।
उनको तिघ्रामा गोली लागेको छ। गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले झडपलाई नियन्त्रणमा लिनेक्रममा घटना भएको बताए ।