नवगठित नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ
दाङ/नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई चुनाव बहिष्कार गरेको भन्दैप प्रहरीले पक्राउ गरेको छ। उनलाई बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताए ।
पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको छ। चुनावकै विषयलाई लिएर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिन अघि मात्र पार्टी पुनर्गठन गरेका थिए ।