खुकुरी प्रहारबाट रोल्पामा कांग्रेसका दुई कार्यकर्ता घाइते

रोल्पा/गएराति नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट रोल्पाको गङ्गादेव गाउँपालिकामा नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्।

गङ्गादेव गाउँपालिका–५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका छन् ।

कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका मनबहादुरलाई नेपालगञ्ज रेफर गरिएको छ । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । केही समयमा पार्टीका नेताहरू आएपछि घटनाबारे छानबिन सुरू गरिने प्रहरीले जनाएकोे छ ।