आजदेखि सिमा नाका बन्द

काठमाण्डौं/स्थानिय तह चुनावको लागि आज मध्यरातिदेखि चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । गृह मन्त्रालयका अनुसार राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमानाका बन्द हुनेछ । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ ।

चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको पनि मन्त्रालयले जनाएको छ । चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै भोलिदेखि जाँडरक्सी बिक्रीवितरणमा पनि रोक लगाइएको छ ।