मतदान केन्द्रमा खटिएका म्यादी प्रहरीको हेलिकोप्टरमार्फत् उद्धार

गोरखा/उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित मतदान केन्द्रमा खटिएका म्यादी प्रहरी बिरामी परेपछि सोमबार हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । म्यादी प्रहरी ५१ वर्षीय बेलबहादुर घलेको थप उपचारका लागि हेलिकोप्टरमार्फत् उद्धार गरेर काठमाडौँ लगिएको हो।

उनी चुमनुब्रीको पाङसिङक आधारभूत मतदान केन्द्रमा खटिएका थिए । सोमबार बिहान पाङसिङबाट स्ट्रेचरमार्फत् बोकेर सिर्दिवास स्वास्थ्य चौकी ल्याइ स्वास्थ्य चेक गरिए पनि घलेको स्वास्थ्यमा सुधार नदेखिएपछि हेलिकोप्टरमार्फत काठमाडौँस्थित नेपाल प्रहरी हस्पिटल पठाइएको चुमनुब्री गाउँपालिकाका सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले बताए ।