भिरबाट लडेर बागलुङमा एक जनाको ज्यान गयो

बागलुङ/भिरबाट लडेर बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका ५५ वर्षीय जगबहादुर किसानको ज्यान गएको छ ।
उनको घर नजिकैको भिरबाट लडेर ज्यान गएको प्रहरीको भनाइ छ ।
यही वैशाख २५ गते सम्पर्कविहीन भएका किसान खोजतलासको क्रममा सोमबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । मादक पदार्थ सेवन गरेर हिँड्ने क्रममा लडेर ज्यान गएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।