चितवनमा काङ्ग्रेस प्रदेश प्रतिनिधि अनिल परियारको हत्या ! घटना शंकास्पद।

चितवन/नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) माथि चितवनमा छुरा प्रहार गरी हत्या गरिएको छ । छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि चितवन मेडिकल कलेज पुर्याइएको भए पनि चिकित्सकले उनको मृत्यु भैसकेको जानकारी दिएका थिए ।
भरतपुर–७ कृष्णपुर खेलकुद मैदान आगाडी मोटरसाइकलमा हिडिरहेका परियारमाथि अज्ञात समूहले आज साँझ छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते भएका उनलाई तत्कालै चितवन मेडिकल कलेज पुर्याइएको भए पनि डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

चितवन मेडिकल कलेजमा पुर्याइए पनि उनको घटनास्थलमै मृत्यु भएको हुनसक्ने प्रहरी स्रोतले बताएको छ । जिल्ला प्रहरी कार्यलयका प्रबक्ता डिएसपी नरहरि अधिकारीका अनुसार परियारको हत्यापछि चितवनको सुरक्षा व्यबस्था कडा बनाइएको छ।
                                                                        परियारको हत्याको खबर फैलिएसगै चितवन मेडिकल कलेजमा सयौंको संख्यामा युवाहरूको भिड जम्मा भैरहेको छ । भिड बढ्दै गैइरहेसंगै प्रहरीको संख्या पनि बढाइएको छ।