काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा १० जना घाइते

रुकुम/रुकुम पश्चिमको मुसिकोटमा काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा १० जना घाइते भएका छन् ।
प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले झडप भएको पुष्टि गर्दै आपसी विवादका क्रममा दुई पक्षीयबीच झडप हुँदा दुबै पक्षका गरी १० जना घाइते भएको बताए ।
मुसिकोटमा एमाले र काँग्रेसको गठबन्धन छ भने माओवादी केन्द्र एकीकृत समाजवादी पार्टीसँग मिलेर चुनावी भिडन्तमा छ । रुकुम पश्चिम अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला हो ।