निम्न माध्यामिक तह शिक्षक पदको नतिजा सार्वजनिक

काठमाण्डौं/निम्न माध्यामिक तहको शिक्षक पदको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ७६ हजार ८०६ सहभागी परीक्षार्थी मध्ये २० हजार ९८२ जना उत्तीर्ण भएका छन् ।

बागमती प्रदेशमा ११ हजार ५२६ सहभागी मध्ये तीन हजार ५७७, प्रदेश १ मा १९ हजार २० सहभागी मध्ये ५ हजार १८२ जना र मधेश प्रदेशमा पाँच हजार ८५३ मध्ये १ हजार ११ जना उत्तीर्ण भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा १४ हजार २०६ जना मध्ये चार हजार ३४१ जना, लुम्बिनी प्रदेशमा ११ हजार ८४४ मध्ये ३ हजार ३६१ ज्ना, कर्णाली प्रदेशमा चार हजार ६८८ मध्ये १ हजार ६९ जना र सुदुरपश्चिम प्रदेशमा ९ हजार ६६९ मध्ये दुई हजार ४४१ जना उत्तीर्ण भएका छन् ।

आयोगले गत १७ चैतमा २ हजार ५९८ रिक्त पदको लागि सामान्य तर्फको परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले ३ जेठसम्म कार्यलय समयभित्र आयोगले तोकेको कागजात सहित आवेदन दिन सकिने जनाएको छ ।