गठबन्धन राष्ट्र र गणतन्त्रको आवश्यकता: प्रचण्ड
चितवन/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन राष्ट्र र गणतन्त्रको आवश्यकता भएको बताएका छन् । आज बिहिवार भरतपुरको बसपार्कमा आयोजित पाँच दलिय आमसभालाई सम्बोधन गर्दै दाहालले येस्तो बताएका हुन् ।
उनलेे भने, “गठबन्धन राष्ट्र र गणतन्त्रको आवश्यकता हो ।” यो आवश्यकतालाई बुझिएन भने देश गम्भीर दुर्घटनामा जान सक्छ हाम्रो अवस्था के होला त्यो अलग बिषय हो तर देश दुर्घटनामा जानेछ। उनले मेयरमा रेणुलाई मत दिन आग्रह गर्दै भने, हँसिया हथौडा र गठवन्धनका उमेदवार लाई भोट नहाले देश गम्भीर दुर्घटनामा पर्ने छ । प्रतिगामीहरु पूरा शक्ति लगाउदै भरतपुर र गठवन्धन विरुद्धमा उत्रिएकाले जनता सचेत हुनुपर्ने दाहालको भनाई छ ।
भरतपुरमा गठबन्धनका उम्मेदवारले जितेमा लामो समय सहकार्य हुने भन्दै दाहालले भने “जिताउनुभयो भने यो गठबन्धनलाई दशकौ लाने मेरो प्रतिबद्धता हुन्छ,”। “नेतालाई मात्र नभन्नुस गठबन्धन जोगाउने कुरा जिल्लाका नेता र कार्यकर्ताको हातमा पनि हुन्छ।” गठबन्धन बनेको दिनदेखि तोड्ने षडयन्त्र भइरहेको उनको भनाइ थियो। “निकै ठूलो मूल्य चुकाएर आएको छु। ज्ञान प्राप्त गरेर आएको छु,ममाथि शङ्का नगर्नुस्,” दाहालले भने।गत चुनावको नतीजाले एमालेसँग गठबन्धन गर्न बाध्य पारेको उनको भनाइ थियो। “त्यति वेला रूख र हँसिया हथौंडा चिह्नबारे नकारात्मक टिप्पणी गरेको पनि मैले सुनें, रूखवालाले हँसिया हथौडामा भोट हाल्न धेरै नै गाह्रो भएको देखें। गठबन्धन गरेर व्यवहारमा आउँदा सहज देखिनँ, मेयरकै चुनाव पनि हो,”गत चुनावको प्रसङ्ग निकाल्दै दाहालले भने, “त्यसले चिन्तित तुल्यायो र वामपन्थी मिल्दा पो देश विकास गर्न सजिल्लो हुन्छ भनेर गएको हुँ। लुकाएर र छिपाएर गएको होइन शेर बहादुर जी लाई भनेरै गएको हु”। तर ओलिले त झन बर्वाद नै बनाए। संविधान नै खान खोजे अनि बिद्रोह गरे दाहालले भने।
संविधान र गणतन्त्र लगाएत्का जनताको उपलब्धि जोगाउदै देश र जनताको आवश्यकता पूरा गर्न बाम लोकतान्त्रिक सहकार्य आजको अपरिहार्य आवश्यकता रहेकोमा दाहालको जोड थियो। कार्यक्रममा पाँच दलका तर्फबाट प्रधानमन्त्री शेर बहादुर देउवा, माधव नेपाल लगाएतका नेताहरूको उपस्थिति रहेको थियो।