भरतपुरका बागी उम्मेदवार पौडेललाई उम्मेदवारी फिर्ता लिन माधव नेपालको अनुरोध
चितवन/भरतपुर महानगरपालिकामा मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अनुरोध गरेका छन् ।
भरतपुरमा आज भएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले सो अनुरोध गरेका हुन् ।
नेपालले भने, ‘ भरतपुरमा कांग्रेसभित्र केही समस्या देखिएको छ । जसले पार्टी निर्णयविरुद्ध मेयरमा उम्मेदवारी दिनुभएको छ । उहाँले फिर्ता लिनोस्, फिर्ता नलिए जनताले नै फिर्ता गर्नेछन् ।’ उनले भरतपुरमा पाँचै दल मात्र होइन अरु दलको पनि साथ र सहयोग लिनुपर्ने बताए । उनले गठबन्धनमा केही समस्या देखिएको भए त्यसलाई मिलाउँदै लैजानुपर्ने बताए । उ