अस्पताल जाने क्रममा प्रहरीको मिलामतोमा भागेका यमराजलाई थप ६ वर्ष कैद सजाय

दाङ/देउखुरी जिल्ला अदालतले कारागारबाट भागेका कैदी यमराज परियारलाई थप ६ वर्ष गरी १८ वर्ष कैद सजायको फैसला गरेको छ । गएको पुस ८ गते अस्पताल जाने क्रममा प्रहरी जवानसँगको मिलामतोमा भागेर भारतबाट पक्राउ परेका कैदी यमराजलाई भुक्तान गर्न बाँकी र थप गरी अदालतले १८ वर्षको कैद सजायको फैसला सुनाएको हो ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका परियारले सात वर्ष पाँच महिना कैद सजाय भुक्तान गरिसकेका थिए । अदालतका न्यायाधीश डिल्लीराज शर्मा अर्यालको इजलासले भुक्तान गर्न बाँकी १२ वर्ष ६ महिना र थप ६ वर्ष ३ महिना गरी १८ वर्ष १० महिना कैद सजाय सुनाएको हो । कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार कैदी कारागारबाट भागेमा पक्राउपछि बाँकी कैदको डेढी बढाइ कैद सजायको व्यवस्था छ । त्यहीअनुसार अदालतले यमराजलाई थप ६ वर्ष तीन महिना साढे १४ दिन कैद सजाय तोकेको छ ।

त्यस्तै यमराजलाई भगाउन सहयोग गर्ने प्रहरी जवान धनबहादुर चौधरीलाई १० वर्ष कैद सजाय फैसला भएको छ । गर्भवती प्रेमिकाको हत्यामा जन्मकैदको सजाय काटिरहेका थिए ।