गोरखाको पालुङटारमा कांग्रेस उम्मेदवारको सामूहिक राजीनामा दिए

गोरखा/गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पद छाडेको खण्डमा कोही पनि चुनावमा सहभागि नहुने भन्दै उमेद्वारहरुले नेपाली कांग्रेसको नगरपाटी कार्यालयमा सामुहिक राजिनामा बुझाएका छन् ।
सो नगरपालिकाका १० वटै वडाका उम्मेदवारहरूले राजीनामा दिएको काँग्रेस स्रोतले बताएको छ ।
आइतबार कांग्रेसबाट मेयर पदका उम्मेदवार दिपकबाबु कंडेललाई उमेद्वारी फिर्ता लिन केन्द्रिय समितिले दबाब दिएपछि असन्तुष्टि जनाउदै कार्यकर्ता आन्दोलित भएका हुन् ।

कांग्रेसले मेयर पद फिर्ता लिने हो भने नगर/वडामा दिएको सबै उम्मेदवारी फिर्ता लिने र पार्टीबाट राजिनामा दिने उमेद्वारहरुले चेतावनी दिएका छन् । नेपाली कांग्रेस केन्द्रिय समितिले कार्यकर्ताको भावना विपरीत जनता समाजवादी पार्टीलाई मेयर पदमा सघाउन गरेको निर्णय प्रति कार्यकता आक्रोशित बनेको छ ।