पूर्वी चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

चितवन/पूर्वी चितवनमा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–१३ का ६५ वर्षीय नारायण दाहालको ज्यान गएको हो ।

आइतबार बिहान ८ बजे घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो ।

आक्रमणमा परेका दाहालको घटनास्थलभन्दा एक किलोमिटर पर शव भेटिएको कार्यालयले जनाएको छ ।