उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान
काठमाण्डौं/यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गर्दैछ ।
निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ ।
शुक्रबार निर्वाचन आयोगले उजुरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् । उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो ।
उम्मेदवारहरूले निर्वान चिह्न पाएसँगै मौन अवधि सुरु हुनुअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् ।