महानगरको मेयरको उम्मेदवार रेणु दाहालद्वारा आगलागी”पीडितलाई क्षतिपूर्तिको लागि पहल गर्ने “
भरतपुर महानगरको मेयरको उम्मेदवार रेनु दाहालले नारायणगढको कमलनगरमा भएको आगलागीको अनुगमन गर्नुभएको छ ।
उहाँले पीडितलाई क्षतिपूर्तिको लागि सम्वन्धित निकायमा पहल गर्ने वचन दिनुभएको छ । उहाले जनताको सुख दुखमा आफू सधै साथमा रहने वताउनुभएको छ ।
आज विहान २ बजे कमलनगर स्थित तुल्सिराम सापकोटाको चार तल्ले घरमा आगलागी हुंदा करोडौंको क्षति भएको छ । आगलागीबाट सो घरमा सञ्चालनमा रहेका पहिलो तल्लाका पसलहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अचानक आगो लागि भएको भन्ने सुचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय, नारायणघाट र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी टोली खटिएको थियो । आगलागी अहिले नियन्त्रणमा आएको छ ।